आमा बुवाले छोडे, तीन बालिबालिकाको बिचल्ली!!!!!

भिडियो सहित हेर्नुहोस !
Advertisement
आमा बुवाले जिवनभर दुःख र संघर्ष गर्ने आफ्ना छोराछोरीका लागि हो । आफूले आधा पेट खाएर पनि आफ्ना छोराछोरीको लागि पेटभरी खान दिएर बाबुआमाले सन्तुष्टि लिन्छन् । मुटुको टुक्रा समान छोराछोरीको भविष्यका लागि जिवनभर संघर्ष गरेका मुगुका एक दम्पत्तीलाई एउटा यस्तो बाध्यता पर्यो जसका कारण ति छोराछोरीलाई अलपत्र पारेर बेपत्ता भए ।



छोराछोरीको भविष्यका लागि भन्दै ब्यापार ब्यवसाय गर्न ऋण खोजेर काम सुरु गरेका दम्पत्तीले ऋण तिर्न नसके पछि वेपत्ता भएका हुन् । बाबुआमा नै बेपत्ता भएपछि तीन बालबालिकाको बिचल्ली भएको छ । जिल्लाको पश्चिम क्षेत्र पर्ने खत्याड गाँउपालिका —१ निबासि बाबु बाचे परियार र आमा ममता घर्तिले ऋण तिर्न नसक्दा छोराछोरीको समेत माया मार्नुपरेको हो ।



उनीहरुले गाउंकै केही सहकारी र स्थानिय बासीन्दासंग ऋण लिएका थिए । दुई छोरी र एउटा छोराका आमाबाबु ति दम्पत्तीले ऋणले उठीवास भएपछि आफ्नो बस्दै आएको ठाउँ छोडेर छाँयानाथ रारा नगरपालिका—१२ लुम्स बगरमा आई सामान्य खाजा नास्ताको पसल गर्न थाले । पांच लाख रुपैया लिएको ऋणको ब्याज बढेर गएपछि उनीहरुलाई त्यो पैसा तिर्न सक्ने अवस्थामा पुगेनन् ।

महोनलाल विकको घरमा चिया पसल गरेका बाचेले ऋण तिर्ने उपाय भएन भारतवाट कमाई गरेर आउँछु भन्दै हिंडेका उनी फर्केर आएनन् । विपन्न परिवारका उनीहरुलाई श्रीमानले तीन छोराछोरीको जिम्मेवारी दिएर विदेशीय पछि ममताले त्यो अवस्थाको सामना गर्न सकिनन् । उनले पनि छोराछोरीको जिम्मा आफ्ना देवरलाई दिएर सम्पर्क विहिन भइन् । श्रीमान बेपत्ता भएपछि ऋण फिर्ता गर्न चौतर्फी दवाव पर्ने थालेपछि ममता पनि वेपत्ता हुन बाध्य भइन् ।



बाबु बेपत्ता भएको एक वर्ष पछि आमा पनि सम्पर्क विहिन भएपछि तीन छोराछोरीको विचल्ली भएको छाँयानाथ रारा नगरपालिका —१२ कम्फा गाँउका बजिरे कामिले बताए ।प्रभात माध्यमिक बिद्यालय रोवामा अध्यनरत १२ बर्षिया सनु परियार, प्रथामिक बिद्यालय लुम्समा कक्षा ५ मा अध्ययन गर्ने सबति परियार र सोही बिद्यालयमा कक्षा २ मा अध्ययन गर्ने भाई अनिल परियार अहिले काकाको घरमा पनि बस्दैनन् ।

उनीहरुलाई आमा ममताले काकाको घरमा छोडेर हिंडेकी थिइन् । तर उनीहरु काकाको घरमा बसेर पढ्ने बातावरण नभएको भन्दै घर छोडेर आमा बुवा बसेको पुरानै ठाउंमा फर्केका छन् । पुरानो ठाउंमा आमा बुवा नभएपछि उनीहरुको बिचल्ली परेको छ । त्यहाँ उनीहरुलाई बस्ने कोठा खाने साधन समेत छैन । बिचल्ली परेका बालबालिकालाई घरभेटी मोहनलाल विकले दुई छाक दिएर पालेका छन् ।



आर्थिक रुपले विपन्न मोहनलालका आफ्नै ६ सन्तान छन् । “उनीहरु पहिला बसेको ठाउंमा आमा बुवा होलान् भनेर यहां आए तर आमाबुवालाई नदेखेपछि बिचल्ली भयो, मोहनलालले भने, यिनीहरुको यस्तो हालत देख्न नसकेर मैले नै दुई छाक खान दिएर राखेको छु ।” पढाईमा निकै जेहन्दार उनीहरुलाई विद्यालयका प्रधानअध्यापक तिर्थ रोकायले पढाई नविग्रियोस् भनेर सामान्य स्टेशनरी समेत सहयोग गरीदिएका छन् । “ कम्तिमा यस्ता जेहेनदार बालबालिकाको पढाई नछुटोस भनेर मैले बेलाबेलामा बोलाएर स्टेशनरी दिने गरेको छु’, नेपाल राष्ट्रिय प्राबि लुम्सका प्रधानध्यापक रोकायले भने ।

छोराछोरी लाई काकाको घर छोडेर माईत जान्छु भनेर ममता हिंडेकी थिइन् । तर त्यस पछि उनले कसैलाई पनि सम्पर्क गरेकी छैनन् । काकाको घरवाट भागेर विद्यालय भएको ठाउंमा आएका बालबालिका फेरी फर्केर काकाको घरमा समेत जान मान्दैनन् । उनीहरुलाई पढाईको चिन्ता भएका कारण फर्केर जान नमानेको मोहनले बताए । “मेरो आफनै ६ जना छोराछोरी छन्, उनीहरुलाई पनि खान लगाउन दिन मेरो लागि मुस्किल छ त्यस माथि ति तीन बालबालिका थपिए पछि मलाई झन समस्या परेको छ”, मोहनलाले दुखेसो पोखे ।



आफ्ना भतिजा भतिजी घरबाट भागेर हिंडेपछि काका कर्ण परियार पनि चिन्तित भएका छन् । तर घर फर्काउन गएका कर्णसंग छोराछोरी फर्केर आउन मानेनन् । उनीहरुले आफ्नो पढाई बिग्रने भन्दै घर फर्कन नमानेको कर्णले बताए । “पढाईकै लागी तिन जना छोराछोरी अर्काको भरमा कसरी राखौं, घर ल्याउँ खान बस्न दिन सक्ने मेरो पनि हैसियत छैन” काका कर्णले भने । उनले आफ्ना भतिजा भतिजीका लागि पढाई र खानपानको ब्यवस्था गरीदिन सहयोगको अपिल गरेका छन् । “मेरा भतिजा भतिजी पढ्नमा जेहेन्दार छन्, कसैले सहयोग गरे उनीहरुको भविष्य राम्रो हुन्थ्यो”, उनले भने ।
– मुगुवाट जीवन सेजुवालको सहयोगमा श्रृजना आचार्य
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About NEWS UPDATE

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment