युद्ध कालमा मृत्यु र शान्ति कालमा जनताको मन जितेर आएको छु हान्दैमा डराउँदिन जनार्दन शर्मा!!!!!

भिडियो सहित हेर्नुहोस !
Advertisement
रुकुम : विना विभागीय मन्त्री तथा प्रतिनिधिसभा पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा प्रभाकरले आफूलाई रुकुमेली हजारौं जनताको साथ भएको भन्दै जनमतबाट डराएका केही व्यक्तिले बम हान्दैमा नडराउने बताएका छन्।
उनले युद्धकालमा मृत्यु र शान्तिकालमा जनताको मत जितेर यहाँसम्म आएको हुँदा कसैको बम तर्साइले आफू नडराउने बताए। जिल्लाका विभिन्न ठाउँमा चुनावी अभियानमा सक्रिय शर्मा शुक्रबार सानीभेरी गाउँपालिकाको सिम्लीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका थिए।
‘म माथी हजारौं रुकुमेली जनताको साथ छ, मुठ्ठीभरका केहि ब्यक्तिले तर्साउदैमा म डराउदिन’ उनले भने, ‘जनयुद्धमा यस्ता हजारौं बमबारुद्धको दुनियाँमा मृत्युलाई जितेर आएको हुँ।’
वाम एकताको सहजीकरण गरेर मुलुकलाई समाजवादी क्रान्तिको दिशामा लैजाँदा दलालहरु तर्सेर आफूमाथि आक्रमण गर्न थालेको उनको भनाइ छ। शुक्रबार चुनावी सभामा जाने क्रममा चौरजहारी नगरपालिका ८, गोइरीमा शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार भएको थियो। थाहा संवाददाता
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About NEWS UPDATE

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment